

गुल्मी- रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । विक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कासि आगलागी भएको हो ।

अहिले रेसुङ्गा नगरपालिकाको दमकल र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
Views: 311

