Aamsanchar

विर्तामोड नगरपालिकामा क–कस्को भयो जमानत जफत ?

Author Image
बिहिवार, असार २९, २०७४

[नरेन्द्र ढकाल/सन्तोष अधिकारी]
विर्तामोड।

स्थानीय तह निर्वाचन अन्र्तगत दोश्रो चरणमा असार १४ गते सम्पन्न निर्वाचनमा झापामा धेरै उम्मेद्वारको जमानत जफत भएको छ । मेची अञ्चलकै प्रमुख ब्यपारीक केन्द्रको रुपमा रहेको विर्तामोड नगरपालिकाले धेरैको ध्यान केन्द्रित गरेको थियो । प्रमुख दलहरु एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले जित्ने दाबी गरेका थिए । उनीहरुको दाबीलाई कसैले सहज रुपमा यो दलका उम्मेद्वारले जीत हासिल गर्छन भनेर सहज अनुमान गर्न सक्ने अवस्था समेत गरेको थिए । अन्ततः एमालेका तर्फबाट मेयरका उम्मेद्वार रहेका ध्रुव शिवाकोटीले विजयी हासिल गरे ।
२५३ उम्मेद्वार विभिन्न ५२ पदका लागी प्रतिपर्धामा उत्रिएका थिए । जसमध्ये विर्तामोड नगरपालिकाबाट ७८ जनाको जमानत जफत भएको छ । प्रमुख अर्थात् मेयर पदमा नै बिर्तामोड नगरपालिकाका ९ जना उम्मेदवारको जमानत जफत भयो । संघीय समाजवादी फोरम नेपालकातर्फबाट उम्मेदवार बनेका पदमबहादुर तामाङले कुल सदर मत अर्थात् २७ हजार ६ सय ५४ मत मध्ये एक सय ४३ मत प्राप्त गरे । उनले एक प्रतिशत मात्र मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै प्रमुख पदकै उम्मेदवार मदिरा सुवेदी बरालले नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवाद लेनिनवादी) तर्फबाट उम्मेदवारी दिएकी थिइन् । उनले कूल सदर मतको ६३ मत मात्र प्राप्त गरिन् । त्यस्तै प्रमुख पदकै स्वतन्त्र उम्मेदवार बालकृष्ण बुढाथोकीले कूल सदरमतको ९ मत मात्र प्राप्त गरे । त्यस्तै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका अर्जुनकुमार तामाङले ४० मत मात्र प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार सृजना सिटौलाले पनि समान ४० मत प्राप्त गरेको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । प्रमुख पदकै उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाकोतर्फबाट उम्मेदवारी दिएका अभिचन्द्र भण्डारीले ९ मत मात्र प्राप्त गरे ।

त्यस्तै स्वतन्त्र उम्मेदवार रमेशकुमार कार्कीले ३, गोविन्दप्रसाद अधिकारी ३ र राजकुमार लावतीले ४८ मत प्राप्त गरे । सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिए ।
त्यस्तै उपप्रमुख तथा उपमेयरमा ४ जनाको जमानत जफत भएको छ । २७ हजार २ सय ५१ कूल सदरमत मध्ये १० प्रतिशत पनि मत ल्याउन नसक्ने उम्मेदवारका रुपमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिक तर्फबाट उम्मेदवारी दिएकी प्रिस्किला पाण्डे –अधिकारीले) ४३ मत मात्र प्राप्त गरिन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवाद लेनिनवादी) तर्फबाट उपमेयरको उम्मेदवार बनेका भोलानाथ उप्रेतीले १०० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार रहेका उदय गुरुङले ५४ मत प्राप्त गरे पनि संघीय समाजवादी फोरम नेपालकोतर्फबाट उपमेयरकी उम्मेदवार बनेकी चिजा राईले दुई सय ८६ मत प्राप्त गरेको बताइएको छ ।
कुन वडामा क–कस्को जमानत जफत
वडा नं. १ मा  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका हाईकुमार राईले एक सय ६९ मत प्राप्त गरे । त्यस्तै वडाध्यक्षकै अर्का उम्मेदवार अजय राजवंशी मधेशी जनाधिकारी फोरम लोकतान्त्रिकका तर्फबाट उम्मेदवार बनेका थिए । उनले जम्मा ४ मत प्राप्त गरे ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट उम्मेदवार बनेका शारदा रिजालले ६९ मत प्राप्त गरिन् भने संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रीनामाया तामाङले ६ मत प्राप्त गरेको बताइएको छ । वडाध्यक्षको कूल सदरमत दुई हजार २ सय ५९ रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी माओवादीकोतर्फबाट उम्मेदवार बनेकी पवित्रा पौडेलले १६५, राष्ट्रिय प्रजातन्त्र पार्टी सुमित्रा अधिकारीले १२८, दलित महिला सदस्य नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकातर्फबाट (दलित महिला सदस्य) सविता सुन्दास नेपाली १८१, राष्ट्रिय प्रजातन्त्र पार्टी (दलित महिला सदस्य) विना विश्वकर्मा ११८, त्यस्तै सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका (सदस्य) मुनाकुमारी विष्टले ११२, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (सदस्य) राजकुमार राजवंशी (सदस्य) १८४, जितेन्द्र चौधरी २००, राष्ट्रिय प्रजातन्त्र पार्टी (सदस्य) सीतादेवी काफ्ले एक सय ३२ प्राप्त गरे ।
त्यस्तै वडा वडा नं. २ बाट ४ जनाको जमानत जफत भएको छ । नेपाल कम्युनिष्ट माओवादी केन्द्रकातर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका नेठुलाल राजवंशीले २ सय ७९ मत प्राप्त गरे भने सोही पार्टीकातर्फबाट महिला सदस्यकी उम्मेदवार चन्द्रमाया चुडालले २८०, दलित महिला सदस्य विष्णुमाया विश्वकर्मा २७५, सदस्य टेकनाथ न्यौपाने २७६, वडा नं. २बाट माओवादी केन्द्रका उम्मेदवारका मात्रै जमानत जफत भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै वडा नं. ३ बाट ६ जनाको जमानत जफत भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकातर्फबाट वडाध्यक्षका उम्मेदवार चक्रप्रसाद विमलीले २७६ मत प्राप्त गरे । नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) का तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका धु्रव पाठकले १९ मत प्राप्त गरे । संघीय समाजवादी फोरम नेपालका तर्फबाट वडाध्यक्षबाट उम्मेदवार बनेका हरिनारायण चौधरीले १०७ मत प्राप्त गरे । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट दलित महिला सदस्य गोमादेवी सार्की १६, राष्ट्रिय जनमुक्ति पार्टी सदस्य केदार घलेले २२, संघीय समावादी फोरम नेपाल (सदस्य) जीव शरण सतारले ४८ मत प्राप्त गरे।

त्यस्तै वडा ४बाट १० जनाको जमानत जफत भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) वडाध्यक्ष दीपक मिश्र ५३, वडाध्यक्ष स्वतन्त्र निमा तामाङ १४३, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक वडाध्यक्ष चन्दना राजवंशी ८, नेपाल कम्युनिष्ट पार्टीमा (संयुक्त) वडाध्यक्ष मालती राजवंशी १, संघीय समाजवादी फोरम नेपाल वडाध्यक्ष रामनारायण चौधरी १३८, स्वतन्त्र वडाध्यक्ष चन्द्रप्रसाद सुवेदी २५, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) महिला सदस्य सुमित्रा श्रेष्ठ १९, संघीय समाजवादी फोरम नेपाल महिला सदस्य फूलवती चौधरीले ७७ संघीय समाजवादी फोरम नेपाल सदस्य राजु लिम्बू ९१, संघीय समाजवादी फोरम सदस्य शत्रुधनप्रसाद गुप्ता ८१ मत प्राप्त गरे ।
त्यसैगरी वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी वडाध्यक्ष चन्द्रप्रसाद गिरी ३००, संघीय समाजवादी फोरम नेपाल वडाध्यक्ष तिलबहादुर राई ४४, मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक वडाध्यक्ष भीमप्रसाद चुडाल ९, राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सदस्य सृजना अग्रवाल –गोयल) ४०६, संघीय समाजवादी फोरम नेपाल महिला सदस्य परिमला इङ्नाम –लिम्बू) ४४, राष्ट्रिय प्रजातन्त्र पार्टी दलित महिला सदस्य सुमित्रा गजमेर ३१७, संघीय समाजवादी फोरम नेपाल सदस्य बाबुलाल अग्रवाल १११, राष्ट्रिय प्रजातन्त्र पार्टी तेजबहादुर घतानी सदस्य २४७, राष्ट्रिय प्रजातन्त्र पार्टी धनपति थपलिया सदस्य ३१२ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा नं. ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी वडाध्यक्ष विष्णु गिरी १०७, संघीय समाजवादी फोरम नेपाल वडाध्यक्ष वीरेन मेचे ३३, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रामकृष्ण अधिकारी वडाध्यक्ष ११९, स्वतन्त्र यदुनाथ खनाल वडाध्यक्ष १०, स्वतन्त्र खेमनाथ अधिकारी वडाध्यक्ष १३३, मधेशी जनाधिकारी फोरम लोतान्त्रिक वडाध्यक्ष कृष्ण चौधरी २९, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र महिला सदस्य ललिता उराउ चौधरी १२२, राष्ट्रिय प्रजातन्त्र पार्टी विन्दा रेग्मी १४९ प्राप्त गरे ।
त्यस्तै वडा नं. ७ बाट स्वतन्त्र वडाध्यक्ष चन्द्रबहादुर लिम्बू १, स्वतन्त्र नारायण राई १४०मत प्राप्त गरे ।
वडा नं. ८बाट वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नवराज खतिवडा १९३, महिला सदस्य नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तारादेवी चौहान १७६, दलित महिला सदस्य नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उमा विश्वकर्मा १७१, सदस्य नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चन्द्रबहादुर थापा १६३, स्वतन्त्र कृष्णकुमार श्रेष्ठ ५१ मत प्राप्त गरे ।
वडा नं. ९ मा नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) सहदेव थपलिया १८ प्राप्त गरे ।
वडा नं. १० मा संघीय समाजवादी फोरम नेपाल वडाध्यक्ष लक्ष्मी देवान ३४, राष्ट्रिय प्रजातन्त्र पार्टी पृथीबहादुर बस्नेत २०९, मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक विवेक चुडाल १, महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी कमला थापा २१५, संघीय समाजवादी फोरम नेपाल रत्नकुमारी राई ४७, दलित महिला सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्णिमा लाम्गादे –विश्वकर्मा) २२०, सदस्य संघीय समाजवादी फोरम नेपाल किरण राई २५ र राष्ट्रिय प्रजातन्त्र पार्टी भवानी राउत २२६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका तथ्यांक शाखाका प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।
१० प्रतिशतभन्दा कम मत ल्याएका उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख आचार्यले जानकारी दिए ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर