Aamsanchar

आफ्नै ११ वर्षीय छोरा हत्या कसुरमा आमा पुर्पक्षका लागि जेल चलान

Author Image
सोमवार, पौष ७, २०८२

ओखलढुङ्गा-  ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ की ४१ वर्षीया आङपेम्बा शेर्पा आफ्नै छोराको हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी छन् ।

प्रहरीका अनुसार शेर्पामाथि आफ्नै ११ वर्षीय छोराको गत असोज २९ गते कर्तव्य गरी ज्यान मारेको आरोप लागेको छ । घटनासम्बन्धी अनुसन्धानका क्रममा उनलाई गत मंसिर १६ गते पक्राउ गरिएको थियो ।

अनुसन्धान सम्पन्न भएपछि आइतबार ओखलढुङ्गा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि शेर्पालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिनुुभयो ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अदालत मार्फत अघि बढाइएको छ ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर