Aamsanchar

सिपलाई व्यवहारमा उतार्न आग्रह

Author Image
शुक्रवार, असार ३०, २०७४

बिर्तामोड।

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताले महिलाहरुलाई सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरेका छन् ।
महिला मुक्ति अभियान झापाको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा बिर्तामोडमा आयोजित दुई महिने सिलाइकटाइ तालिम समापन कार्यक्रममा सहभागी वक्ताले यस्तो आग्रह गरेका हुन् ।
महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाकी कोषाध्यक्ष मोती लिम्बूले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बिर्तामोड वडा नं. १ का वडा सदस्य प्रेमकुमार खरेल, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेश अग्रवाल भद्रपुरे, महिला मुक्ति अभियानका कानूनी सल्लाहकार तेजप्रसाद कट्टेल, बिर्तामोड– १ कि वडा नागरिक मञ्च संयोजक देविका बस्नेत, संस्थाकी सल्लाहकार सदस्य शीला ढकाल, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराई, मानवीय उद्धार सेवा केन्द्र नेपालका अध्यक्ष धनबहादुर बुढाथोकी, सौन्दर्यकर्मी युनियन नेपाल झापाकी अध्यक्ष धनु सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा बिर्तामोड नगरपालिका–१ का १६ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण धनु सुब्बाले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव विनिता तामाङले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर