Aamsanchar

३४४ महिलाको पाठेघर र स्तनको क्यान्सर परीक्षण

Author Image
आइतवार, साउन १, २०७४

बिर्तामोड,

बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार पाठेघर तथा स्तनको क्यान्सर परीक्षण सम्बन्धी एकदिने निःशुल्क शिविर सम्पन्न भएको छ ।
शिविरमा विभिन्न क्षेत्रका ३४४ जना महिलाले सेवा लिएका छन् । नेपाल क्यान्सर अस्पताल ललितपुर प्रायोजक तथा उपचारका लागि सहयोगी हातहरु काठमाडौंको प्राविधिक सहयोगमा भएको शिविरको उद्घाटनका साथै महिलाको पाठेघर र स्तनको क्यान्सर परीक्षण वरिष्ठ स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. अञ्जु श्रेष्ठले गरेकी थिइन् ।
आयोजक संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा भएको समारोहमा वीरता जेसीजका पूर्व अध्यक्षहरु वेदप्रकाश अग्रवाल, जितेन्द्र बस्नेत, वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई, पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
शिविरमा सहभागीले पाठेघर तथा स्तनको क्यान्सर परीक्षणका लागि साना मझौला व्यवसायी साकोसले सञ्चालन गरेको शिविरबाट आफूहरुले लाभ लिएको बताए । संस्थाको महिला तथा बालबालिका उपसमिति संयोजक तथा कार्यक्रम संयोजक टीकामाया भट्टराई रायले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर