Aamsanchar

सुन र चाँदीकाे मुल्य केही घट्याे

Author Image
बिहिवार, माघ १, २०८२

काठमाडौं – लगातार बढेर उच्च मूल्यमा पुगेको सुन र चाँदी बिहीबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ५ सय रुपैयाँ कम हो। अघिल्लो दिन २ लाख ७८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदी तोलामा १७० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ।

 

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२