Aamsanchar

पशुपति दर्शन गराउन इलामबाट हेलिकप्टरमार्फत काठमाडौं

Author Image
आइतवार, साउन १, २०७४

इलाम,

इलामको माईभगवती वृद्धाश्रममा आश्रय लिइरहेका १० जना जेष्ठ नागरिकहरुलाई तिर्थाटनका हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।  इलामका समाजसेवी सुमन श्रेष्ठले  वृद्धवृद्धालाई तिर्थाटनको लागि काठमाडौं लैजानु भएको हो ।

शनिबार माइभगवती वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई श्रेष्ठले पशुतिनाथ दर्शनको लागि यात्रामा लैजानु भएको हो । यस वर्षको साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ दर्शन गराउने हेतुले उहाँले वृद्धवृद्धालाई लिएर जानु भएको हो ।

८ जना वृद्धवृद्धा, २ जना सहयोगी र उहाँ आफै गरी ११ जनाको टोली काठमाडौं प्रस्थान गरेको छ । इलाम नगरपालिका वडा नम्बर ७ निवासी समाजसेवी श्रेष्ठ युवा व्यवसायी हुनुहुन्छ ।

पशुपतिनाथ दर्शनमा जान पाउँदा हर्षको आँखा रसाएको बाह्र वर्षदेखि आश्रममा बस्दै आउनु भएकी ७९ वर्षिया देवकुमारी घिमिरेले बताउनुभयो । समाजसेवी श्रेष्ठले वुद्धवुद्धालाई यसअघि ताप्लेजुङ्गस्थित पाथिभराको तिर्थयात्रा गराउनु थियो ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर