इलाम । मोरङमा जन्मिएकी निकिता राई पछिल्लो एक वर्षदेखि मोडलिङ तथा अभिनय क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेकी छन्। छोटो समयमै दर्शकको ध्यान खिच्न सफल निकिताले ७–८ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।
उनी गायक चन्दन किशोर लिम्बूको चर्चित गीत ‘१६ वर्षे अल्लारे जोवन’ बाट विशेष चर्चामा आएकी हुन्। यसका साथै ‘मुटु रेटि’, ‘भुलेर टाढा’, ‘आधा बाटो’ जस्ता धेरै गीतहरूमा समेत उनले अभिनय गरिसकेकी छन्। म्युजिक भिडियोसँगै निकिता विभिन्न टेलिभिजन सिरियलहरूमा पनि देखिँदै आएकी छन्।
आकर्षक प्रस्तुति, आत्मविश्वास र निरन्तर मेहनतका कारण निकिता मोडलिङ र अभिनय दुवै क्षेत्रमा सम्भावनायुक्त प्रतिभाका रूपमा उभिँदै गएकी छन्। भविष्यमा अझै चुनौतीपूर्ण र सशक्त भूमिकामा देखिने लक्ष्यका साथ अघि बढिरहेकी उनी मोरङबाट उदाउँदै गरेको नयाँ पुस्ताकी कलाकारका रूपमा चिनिन थालेकी छन्।



