

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक डाकेका छन्। शुक्रबार साँझ निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय समिति बैठक डाकेकाहुन् । बैठक आज बिहान साढे ११ बजे नयाँ बानेश्वर स्थित एक ब्याङ्क्वेटमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ।

आधिकारिकता गुमाएको शेरबहादुर देउवापक्षको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ। बैठकमा आगामी रणनीतिबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।
Views: 100


