Aamsanchar

शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने

Author Image
शनिवार, माघ ३, २०८२

काठमाडौं – नेपाली कांग्रेस शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । शनिबार (माघ ३)सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफूहरू आइतबार (माघ ४)सर्वोच्च जाने जानकारी दिए ।

आयोगले शुक्रबार (माघ २) कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गरिएको निर्णय अध्यावधिक गरेको थियो । यो निर्णयसँगै सभापति गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक भएको छ ।

देउवा समूहले आयोगको उक्त निर्णय दूषित मनसायले प्रेरित रहेको ठहर गरेको छ ।

कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसायसाथ निर्णय गरिएको भन्दै महतले अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर