Aamsanchar

सुदन गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने

Author Image
आइतवार, माघ ४, २०८२

काठमाडौं –  जेनजी अगुवा सुदन गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन्। आइतबार बालेन शाहसँग तस्वीर सार्वजनिक गर्दै उनले आज औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गर्ने बताएका हुन्।

‘आज दिउँसो ३:३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको होु, उनले भनेका छन्, ‘तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ।’

उनले गोरखा क्षेत्र नम्बर १ बाट फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागे उम्मेद्वारी घोषणा गरिसकेका छन्। यता बालेन काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका छन्।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर