

जनकपुरघाम – पूर्वयुवराज पारस शाह र काठमाडौं महानगरपालिकाबाट प्रधानमन्त्री बन्ने भन्दै जनकपुर पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाह जनकपुरघामस्थित एकै होटलमा बास बसेका छन्। उनीहरू यात्री निवासमा बसेका हुन्। पारस बेलुकी ९ बजे र बालेन पौने ५ बजे होटलमा प्रवेश गरेका थिए।

पूर्वयुवराज पारसले पारिवारिक कामको सिलसिलामा जनकपुर आएको भनेका छन्। होटलका कर्मचारीसित कुरा गर्दा उनले केही दिन त्यहीँ बस्ने भनेका छन्।
बालेन भने आसन्न निर्वाचनको तयारीमा जनकपुर आएका हुन्। होटल यात्री निवास वृहत्तर जनकपुर विकास समितिको स्वामित्वमा छ। पारस र बालेन एकै पटक जनकपुर पुग्नुलाई जासोका साथ हेरिएको छ।

Views: 118


