

झापा – एमाले अध्यक्ष केपी शर्मा ओली आज उम्मदेवारी दर्ता गर्न सोमबार झापा आउँदै छन्।

आगामी फागुन २१ गतेको निर्वाचनका लागि केन्द्रविन्दु बनेको झापा-५ मा उम्मेदवारी दर्ता गर्न ओली बिहान साढे १० बजे झापा आउन लागेका हुन्। बिहान १०.२५ मा उहाँ भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ।
क्षेत्र नम्बर १ मा पर्ने यो क्षेत्रमा ओलीले स्थानीय नेता कार्यकर्तासँग छलफल गर्ने र त्यहाँबाट विर्तामोड जाने र विर्तामोडमा भेटघाटपछि दमक जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनी दमकस्थित जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नो निवास पनि पुग्ने कार्यक्रम छ।

झापा–५ बाट गत निर्वाचनमा निर्वाचित हुनु भएका ओली यो पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दैछन्। यसपालि यो क्षेत्रमा रास्वपाले आगामी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेका बालेन साह लड्ने तयारी छ । एमालेले पनि ओलीलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरिसकेको छ । जसका कारण झापा–५ यो निर्वाचनको केन्द्रविन्दु बन्ने देखिन्छ।


