Aamsanchar

प्रचण्ड रुकुमपूर्वमा

Author Image
सोमवार, माघ ५, २०८२

रुकुमपूर्व –  नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुमपूर्वमा आइपुगेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ आइपुगेका हुन्।

अध्यक्ष दाहाल भोलि मङ्गलवार उम्मेदवारी दर्ता गरेर बुधवार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए। पूर्वप्रधानमन्त्री यस जिल्लाबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रुक्मेली जनता उत्साहित रहेको उद्योग वाणिज्य सङ्घ रुकुमपूर्वका अध्यक्ष केवेन्द्र गौतमले बताए।

जनयुद्धको उद्गम थलोका रूपमा चर्चा पाएको यस जिल्लाले चुनावी मैदानमा प्रचण्डको आगमनले यहाँको विकासले उचाइ लिने अपेक्षा गरेको उनले बताए।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर