Aamsanchar

दमक आएर ओलीले भने : चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए

Author Image
सोमवार, माघ ५, २०८२

झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डरत्रास नराखी ढुक्क भएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न विपक्षी उम्मेद्वारहरूलाई सुझाव दिएका छन्।

सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफूहरू अरुजस्तो डर त्रासको राजनीति नगर्ने भन्दै आफूविरुद्ध ढुक्कले प्रतिस्पर्धा गर्न सुझाव दिए। चर्चा होस् भनेर आफूहरूविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिएको भन्दै ओलीले चुनावी प्रतिस्पर्धालाई स्वभाविक रूपमा लिएको बताए।

उनले आफूले झापामा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकासमा असाधारण विकास भएको दाबी गरे। कृषिको आधुनिकीकरण, उद्योगहरू बनाउँदै लाने अन्तिम तयारीमा रहेको र झापाको योजनाले धेरै रोजगारीको सिर्जना गर्नका लागि यान्त्रीकरण गरिरहेको उनले बताए।

उनले एमालेबाहेक अरुसँग विकासको कुनै योजना नै नरहेको उल्लेख गरे। त्यस्तै ओलीले देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको समेत बताए।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर