Aamsanchar

४९ जनाले उम्मेदवारी फिर्ता लिए, एक जनाको खारेज

Author Image
शुक्रवार, माघ ९, २०८२

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार देशभर ३ हजार ४८७ जनाको उम्मेदवारी परेको थियो। जसमा ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको उनले बताए।

Views: 541

प्रतिक्रिया (०)

सम्बन्धित खबर