Aamsanchar

सुनचाँदीको भाउ बढेर उच्च रेकर्ड कायम

Author Image
आइतवार, माघ ११, २०८२

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर उच्च रेकर्ड कायम भएको छ।

आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ र चाँदीको ६ हजार ४ सय ८० रुपैयाँ तोकेको छ।

आज सुन तोलामा २ हजार ४०० र चाँदी २९० रुपैयाँ बढेको छ। सुनचाँदी दुवैको यो मूल्य हालसम्मकै उच्च हो।

अघिल्लो कारोबार दिन शुक्रबार सुन ३ लाख १ हजार ४०० रुपैयाँ र चाँदी ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर
घट्यो सुनको मुल्य
बिहिवार, माघ ८, २०८२