Aamsanchar

एमालेका युवा नेता अर्जुन मैनालीद्वारा पार्टी परित्याग, रास्वपामा प्रवेश

Author Image
मङ्गलवार, माघ २०, २०८२

बिर्तामोड । नेकपा एमालेका युवा नेता तथा बिर्तामोडका चीरपरिचित व्यक्तित्व अर्जुन मैनालीले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

मैनालीले आज सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा स्थानीय रास्वपा नेताहरूसँगको फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन्।

उनले सार्वजनिक गरेको वक्तव्यमा आज २०८२ साल १० महिना २० गतेदेखि नेकपा एमाले परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन्। एमालेमा रहँदा सहयोग गर्ने आदरणीय नेतागण, सहयात्री साथीहरू तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै आजकै मितिदेखि आफू रास्वपा पार्टीमा आबद्ध भएको जानकारी गराएका छन्।

एमालेबाट रास्वपामा मैनालीको प्रवेशलाई बिर्तामोड राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय युवाहरूको बढ्दो आकर्षण रास्वपातर्फ देखिँदै गएको सन्दर्भमा यो घटनाले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

उनले अन्त्यमा ‘जय घण्टी’ उल्लेख गर्दै आफ्नो नयाँ राजनीतिक यात्राको औपचारिक घोषणा गरेका छन्।

मैनाली यस अघि बिर्तामोड उद्योग बाणिज्य संघको महासचिवमा एमाले व्यानलबाट निर्वाचित व्यक्ति हुन । त्यस पछि अध्यक्ष  पदको उम्मेदवार बनेका मैनलीले पराजय भोगेका थिए । उनले आफ्नो पराजयलाई पार्टी भित्रबाट नै हराइएको आरोप लगाउदै आएका थिए ।

Views: 660

प्रतिक्रिया (०)

सम्बन्धित खबर