Aamsanchar

आफ्नो अभिव्यक्तिलाई गलत रूपमा प्रयोग गरेको भन्दै गायिका आस्थाको आपत्ति

Author Image
बिहिवार, माघ २२, २०८२

काठमाडौं –  गायिका आस्था राउतले आफ्नो अभिव्यक्तिलाई गलत रूपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन् । आफूले एकजनाको समर्थनमा बोलेको अभिव्यक्तिलाई अरु नै पार्टीले तोडमोड गरेर आफ्नो पक्षमा बोलेको जस्तो पारेको भन्दै उनले आपत्ति जनाएकी हुन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ म्याग्दीमा अन्नपूर्ण युवा क्लवले आयोजना गरेको कार्यक्रममा आस्थाले महावीर पुनको पक्षमा बोल्दै आफू सधैँ देश र माटोको पक्षमा रहेका व्यक्तिको समर्थनमा रहेको बताएकी थिइन् ।

तर, आस्थाले माटो भन्ने शब्द प्रयोग गरेपछि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका कार्यकर्ताले आफ्नो पार्टीको चुनाव चिह्न अञ्जुलीमा माटो राखेर त्यसमा भोट हालेको स्वस्तिक छाप प्रयोग गरेको देखाइँदै टिकटकमा राखेका छन् । यसमा आस्थाले आपत्ति जनाएकी हुन् । “माटो भन्ने शब्द कसैको पेवा होइन । कुनै पार्टीको चुनाव चिह्न माटो छ भन्दैमा माटो भन्ने शब्द उच्चारण गरेकै भरमा ऊ त्यही पार्टीको हुँदैन,” आस्था भन्छिन्, “मैले प्रष्टसँग व्यक्तिको नाम उल्लेख गरेको छु । यसरी कसैको विचार र आस्थालाई तोममोड गरेर गलत तरिकाले प्रयोग गर्न पाइँदैन ।”

उनले गैरकानुनी कार्य नगर्न आग्रह गर्दै सम्बन्धित व्यक्ति, पार्टी र त्यसको नेतृत्वलाई यसबारे सगज हुन र जवाफ दिनसमेत माग गरेकी छन् ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर