Aamsanchar

आजको माैसम : एक-दुई क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Author Image
बुधवार, माघ २८, २०८२

काठमाण्डौ – आज उच्च पहाडी र हिमाली एक/दुई क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हिमाली तथा उच्च पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराइका धेरै ठाउँका साथै उपत्यकाहरूमा हुस्सु लागेको छ । आज दिउँसोसम्म तराइका केही ठाउँमा हुस्सु कायमै रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी भागको सफा रहने अनुमान छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराइ र काठमाण्डौ उपत्यकामा वायु प्रदूषण पनि कायमै रहनेछ ।

आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ७।९ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ७।२ डिग्री सेल्सियस रहेको थियो ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर