Aamsanchar

रञ्जित तामाङको ‘झापा–५ : भिजन–७’ सार्वजनिक

Author Image
आइतवार, फागुन ३, २०८२


दमक – झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार रञ्जित तामाङले ‘झापा–५: भिजन–७’ सार्वजनिक गरेका छन् । उनले आसन्न निर्वाचनलक्षित ‘भिजन’ सार्वजनिक गरेका हुन् । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् ।

आइतबार (फागुन ३) दमकमा आयोजित एक कार्यक्रमबीच उनले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै सात प्रमुख ‘भिजन’, ३५ ‘मिसन’ र २१ लक्ष्यसहितको विस्तृत योजना सार्वजनिक गरेका हुन् ।

राजनीतिक, सांस्कृतिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण मानिने झापा–५ लाई योजनाबद्ध, समावेशी र दिगो विकासको ‘मोडेल’ क्षेत्र बनाउने लक्ष्यसहित भिजन–७ अघि सारिएको तामाङले बताए ।

यसमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

तामाङले झापा–५ लाई योजनाबद्ध विकास, रोजगारी सिर्जना र सुशासनको नमुना क्षेत्र बनाउने उद्देश्यसहित ‘भिजन–७’ ल्याइएको बताए ।

झापा–५ मा तामाङसहित नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०लगायत उमेदवार प्रतिस्पर्धामा छन् ।

Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर