Aamsanchar

बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने ओलीको दाबी

Author Image
आइतवार, फागुन ३, २०८२

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने दाबी गरे। काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने उल्लेख गरेका हुन् ।

 

उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिए।

 

अध्यक्ष ओलीले निर्वाचन क्षेत्रका अधिकांश मतदातासँग प्रत्यक्ष भेट्ने र गुनासो सुन्ने जानकारी गराए। उनले भने,‘चुनाव हुने भए हामी भाग लिन्छौं। चुनावको वातावरण सरकारले बनाउने हो। हामी यसै भन्न सकेनौं। चुनाव हुन्छ भन्ने ठान्छौं अब हामी।’ उनले सरकारले चुनाव गराए आफू तयार नै रहेको उल्लेख गरे।

 

Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर