

काठमाडौँ – काठमाडौँमा एकजना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ती चालक पक्राउ परेका छन्।

उक्त भिडियो बाहिरिएपछि प्रहरीले चालकको खोजी थालेकोमा केही घण्टाको अन्तरालमै उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कर्यालयले जनाएको छ।
खोजी गर्दा प्रहरीले बैतडी घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय पारस बमलाई नियत्रणमा लिइएको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए।

उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको पनि अधिकारीले बताए। उनी इन्जिनियर भएको खुलेको पनि प्रहरीले जनाएको छ ।
उनले जथाभावी बोलेको आरोप लगाउँदै पैदल यात्रुलाई २ पटक टाउकामा हानेको भिडियोमा देखिन्छ। सडकमा ट्राफिक जामका समयमा कारबाट ओर्लिएर कुटेका थिए।
Views: 180


