Aamsanchar

झापा–५ मा शिक्षकको राजनीतिक भेलाः आचारसंहिता उल्लंघनमा ओली कार्यक्रम विवादित

Author Image
मङ्गलवार, फागुन ५, २०८२

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ मा सरकारी शिक्षकहरू सहभागी राजनीतिक कार्यक्रमले विवाद उत्पन्न गरेको छ। आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनले एमाले अध्यक्ष तथा उम्मेदवार केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरेको भेलालाई निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै आलोचना गरिएको हो।

सरकारी सेवामा रहेका शिक्षकहरूले उम्मेदवारको पक्षमा कार्यक्रम आयोजना गर्नु कानुनी रूपमा निषेध भए पनि कार्यक्रममा ओलीको प्रशंसा गर्दै चुनावी माहोल बनाउने प्रयास गरिएको आरोप छ। कार्यक्रममा बोल्दै ओलीले देशमा अस्थिरता फैलाउने गतिविधि बढेको दाबी गरे तर कार्यक्रमकै वैधानिकताबारे भने मौन रहे।

स्थानीय स्तरमा यस घटनालाई निर्वाचनको निष्पक्षतामाथि गम्भीर चुनौतीका रूपमा हेरिएको छ। प्रतिद्वन्द्वी पक्षले शिक्षकलाई चुनावी अभियानमा प्रयोग गरिएको भन्दै निर्वाचन आयोगसँग कारबाहीको माग गरेका छन्।

कार्यक्रममा पूर्वमन्त्री देवेन्द्र दाहालसहित एमालेका स्थानीय नेता तथा शिक्षक संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। ओली भने अहिले झापाका विभिन्न क्षेत्रमा घरदैलो अभियानमा व्यस्त छन्। श्रोत: रातोपाटी

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै झापा–५ का केही शिक्षक

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर