Aamsanchar

आधुनिकताबीच हराउँदै गएको पञ्चेबाजा जोगाउन धनकुटाका महिला सक्रिय

Author Image
बुधवार, फागुन ६, २०८२

धनकुटा-धनकुटाका स्थानीय महिलाहरु मौलिक परम्परा अनुसार बजाइने नौमती पञ्चेबाजा संरक्षणमा लागि परेका छन् । पछिल्लो समय बढ्दो युवा पुस्ताको ध्यान आधुनिकतामा गएसँगै संस्कृतिलाई जोगाई राख्न तालिम लिएर महिलाहरु पञ्चेबाजा संरक्षणमा लागी परेका हुन् ।

कुनै पनि धार्मिक कार्य विवाह, व्रतबन्ध र समारोह होस या सांस्कतिकदेखी राजैनिक दलका कार्यक्रममा नौमती पञ्चेबाजा बजाउने प्रचलन रहेको पाइन्छ । त्यसमा पनि धनकुटामा भने महिलाहरुको नेतृत्वमा नौमति पञ्चेबजा बजाउने गरेको पाइन्छ । उहाँहरु शुल्क लिएर पार्टी तथा समारोहमा ग्रुपसहित जाने गर्दछन् ।

धनकुटा नगरपालिका–७, स्थित निशान नौमती पञ्चेबाजा संस्कृतिक समूहका महिलाहरुले पञ्चेबाजा बजाउने तालिम समेत लिइएका छन् । प्रायाजसो विवाह, व्रतवन्ध तथा धार्मिक कार्य सुभारम्भ गर्नु अगाडी बजाइने नौमती पञ्चेबाजाको टिम नै जाने गरेको संस्कृतिक समूहकी हिरा गरागाँई बताउनुहुन्छ । उहाँले भन्नुभयो, तालिम लिएपछि माग अनुसार शुल्क लिएर हामी पञ्चेबाजा बजाउन जाने गरेको छौं ।

हिन्दू धर्ममा निकै प्रचलित पञ्चेबाजा केही समययता गाउँघरमा अपवादको रुपमा मात्र देख्न पाइन्छ । युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आर्कषण र प्रविधिले गर्दा लोप हुँदै गएको हो । पञ्चेबाज विशेष एकल समुदायले मात्र बजाउदै आउने गरेका थिए । तर संस्कृतिको संरक्षण गर्न सवै जातीहरुले समुहीक रुपमा यसको संरक्षण गर्न स्थानियहरु तालिम नै लिएर लागी परेका धनकुटा नगरपालिका कचिडेका ऋषिराम ढुंगाना बताउनुहुन्छ । धनकुटा नगरपालिकाका विभिन्न वडामा महिलाहरुलाई सामुहिक रुपमा नौमति पञ्चेबाजा बजाउने तलिम समेत दिईदै आएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सुचना अधिकारी विकास कार्कीले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिका स्थित निशान नौमति पञ्चेबाजा संस्कृतिक समूहका महिलाहरु प्रया जसो आजभोलि पुरानो पुस्ताको निश्क्रियताका तथा युवा पुस्ताको बेवास्ताका कारण लोप हुँदै गएको पञ्चेबाजा संरक्षण लागि परेको देखिन्छ । पञ्चेबाजा आफ्नै शैली, लय, मैलिकता, परिवेश साथै रहस्य लुकेको भएपनि युवापुस्तामा रक, पप र विदेशी गीतप्रतिको मोहले जोगाउन मुस्किल हुँदै समेत पाइन्छ । सहर बजारमा त परको कुरा भयो तर गाउँघरमा समेत नौमति पञ्चेबाजा लोपोन्मुख हुन लागेको छ । पञ्चेबाजा एकल जातीले मात्र बजाउने गरेता पनि अहिले यसलाई आदीवासी, ब्राह्मण र क्षेत्री लगायतले मौलिक रुपमा बजाउने गर्दछन् ।

विगतमा टुक्का र कथालाई पञ्चेबजामा उर्ताने पुरानै मार्मिकतालाई निरन्तरता दिन र संरक्षण गर्न वडाकार्या र घरेलु तथा साना उद्योग कार्यालयले नै कार्यक्रम बनाएर अगाडी बढेको छ । त्यसो त धनकुटा कचिडेका स्थानियहरु महिलाहरु पनि सक्रिय रुपमा पञ्चेबाज संरक्षणमा लागी परेका छन् ।

महिलाहरु प्राय जसो यस्ता कार्यमा कम देखीए पनि पछिल्लो समय भने धनकुटामा पञ्चेबाजा संरक्षण गरी हिड्ने गरेका छन् । सुरुवाती चरणमा भएपनि आफुहरु सहजता नै भएको उहाँहरु बताउनुहुन्छ । कतिपय ठाउँमा धार्मिक क्षेत्रका जानकारले वडास्तरमै समूह बनाएर युवालाई प्रशिक्षण समेत दिइरहेको पाइन्छ । त्यसो त यी र यस्तै लोप हुँदै गएका कला संस्कृति सँग जोडिएका धार्मिक तथा भेषभूषा साथै मैलिकता परम्परा बोकेका कला सँस्कृति जोगाउन सरकारी निकायबाट नै विभिन्न कार्यक्रम गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर