

काठमाडौं – कञ्चनपुरमा उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङलाई २० किलोको मालाले स्वागत गरिएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ अन्तर्गत दोधारा–चाँदनीमा उनलाई स्थानीयले शनिबार बिहान स्वागत गरेका हुन्।

काठमाडौं ३ का उम्मेदवारसमेत रहेका उनेपा अध्यक्ष घिसिङ पार्टीको चुनावी प्रचारकै क्रममा देशदौडाहामा छन्। शुक्रबार धनगढी पुगेका उनी शनिबार कञ्चनपुर पुगेका हुन्।
Views: 18


