Aamsanchar

पाँच वर्ष प्रतिपक्ष बन्न सुझाव गगन थापालाई रवि लामिछानेको सुझाव

Author Image
मङ्गलवार, फागुन १२, २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पाँच वर्ष प्रतिपक्ष बन्न सुझाव दिएका छन्। मंगलवार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थापालाई कटाक्ष गर्दै सुध्रिन वा बदलिन चाहे पाँच वर्षपछिको विकल्प बन्न सुझाव दिएका हुन्।

उनले यो पाँच वर्ष सरकार रास्वपाले चलाउने दावी गरे। उनले समानुपातिक र प्रत्यक्षमा फरक फरक चिन्हमा मतदान गर्नको लागी मतदातालाई भ्रममा पार्न खोजिएको आरोप लगाए।

उनले दुवैतर्फ रास्वपालाई मतदान गरेर बहुमत दिन आग्रह गरे। उनले फागुन २१ गतेलाई इतिहासको पन्नामा सुनौलो अक्षरमा लेखिने पनि दावी गरे।

Views: 18

प्रतिक्रिया (०)