Aamsanchar

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

Author Image
बुधवार, फागुन १३, २०८२

काठमाडौँ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १९ बस्तीपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

।४३ प २२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र सोही ठाउँका १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो।गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधनका चालक दुर्घटना लगत्तै फरार भएका छन् । फरार चालकको खोजी तीव्र पार्नुका साथै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर