Aamsanchar

चुनावी तालमेलबारे छलफल भइरहेकाे शंकर पोखरेलकाे स्वीकार

Author Image
बिहिवार, फागुन १४, २०८२

दाङ – नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार शंकर पोखरेलले चुनावी तालमेलबारे आफूहरू निष्कर्षमा नपुगेको बताएका छन् ।

यही फागुन २१ गते हुने निर्वाचनलक्षित आफ्नो संकल्पपत्र सार्वजनिक कार्यक्रममा बिहीबार (फागुन १४) उनले अरू दलसँग चुनावी तालमेलबारे छलफल भइरहे स्वीकार गरे । तर, निष्कर्षमा नपुगेको उनले स्पष्ट पारे ।

एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच दाङ–२ सहित देशभर १० सिटमा तालमेल चर्चाका विषयमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “चुनावी तालमेलका विषयमा हतार गरेर बोल्नु हुँदैन । दलहरूबीच छलफल भइरहेको छ, तर हामी अझै निष्कर्षमा पुगेका छैनौँ ।”उनले दलहरू आफैँले आधिकारिक रूपमा जानकारी नदिएसम्म अनुमानका आधारमा टिप्पणी गर्नु उपयुक्त नहुनेमा जोड दिए । “जबसम्म सम्बन्धित दलहरू आफैँ बोल्दैनन्, तबसम्म हतार गरेर बोल्नु हुँदैन,” उनले भने ।

महासचिव पोखरेलले झापा–५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी हुने जिकिर गरे ।

 

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर