Aamsanchar

मलाई भोट दिनु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट दिएसरह : हर्क साम्पाङ

Author Image
शुक्रवार, फागुन १५, २०८२

सुनसरी – हर्कराज साम्पाङ राईले प्रतिनिधिसभाको चुनावमा सुनसरी १ बाट उम्मेदवारी दिएका श्रम संस्कृति पार्टीका अध्यक्षलाई भोट दिनु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट दिएसरह भएको बताएका छन् ।

धरान उपमहानगरपालिकाको मेयर हुँदैमा श्रम संस्कृति पार्टी र हर्कवाद जन्माएका उनले गृहनगरमा पहिलो पटक चुनावी आमसभा गर्दै सुनसरी १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवारलाई भोट हाल्नु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्नु भएको बताएका हुन् ।भानुचोकमा आयोजित चुनावी आमसभामा उनले जेनजी विद्रोहका बारेमा बोल्दै भने, ‘सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन षडयन्त्र गरेर जलाइएको छ । नौ, दश कक्षा, प्लसटु पढिरहेकाले जलाउन सक्छ रु षडयन्त्रमा संलग्न बालेनजीहरु थिए । यसरी देश जलिरहेको बेला, ढलिरहेको बेला देश बचाउन जाने को हो ? त्यो मान्छेको नाम बिर्सें । त्यो मान्छे को हो ? (भाषण सुन्न बसेकाहरूले भने हर्कराज साम्पाङ) हो त्यो मान्छे हो देश बचाउने ।’उनले देश बचाउनकै लागि श्रम संस्कृति पार्टी खोलेको पनि बताए । उनले भने, ‘यो देशलाई बचाउन भनेर श्रम संस्कृति पार्टी खोलेर अध्यक्ष भएको हो । त्यसैले तपाईंहरुले मलाई र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई जिताउन भोट दिनुपर्छ ।’
उनले आफ्नो पाटी कुनै विदेशीले दिएको पैसाले नचल्ने उल्लेख गर्दै भने, ‘हाम्रो पार्टी संघीयता, लोकतन्त्र र प्रत्यक्ष कार्यकारी प्रमुखमा विश्वास गर्छ । समानुपातिक र समावेशितामा विश्वास गर्छ । प्रकृति, संस्कृति र प्रविधिमा विस्वास गर्छ ।

तर म विदेशी प्रभूलाई ढोगेर राजनीति गर्न चाहान्न । जेनजी विद्रोहपछिको अन्तरिम सरकारमा यति म प्रधानमन्त्री भएको भए यतिबेला प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गराउथें ।’उनले अधिकांश युवाहरु विदेश जाने सन्दर्भसंग जोड्दै श्रम संस्कृति पार्टीको सरकार भएमा विद्यार्थीहरु सातामा ३ दिनमात्र स्कुल जाने व्यवस्था गरेर बांकी समय श्रम र उत्पादनको शिक्षा दिने नीति बनाउने बताए ।

 

 

 

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर