Aamsanchar

युद्धकाे प्रत्यक्ष असर सुनको बजारमा, आज कति पुग्यो ?

Author Image
आइतवार, फागुन १७, २०८२

काठमाडौं – अमेरिका र इरानको युद्धले साताको पहिलो कारोबार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० रूपैयाँले बढेको छ।

इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानका विभिन्न शहरहरूमा संयुक्त रुपमा ठूलो स्तरको सैन्य आक्रमण सुरु गरेका थियो। जसको प्रत्यक्ष असर सुनको बजारमा परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य तोलामा २४५ रुपैयाँले महँगिएको छ। आज चाँदी प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

 

Views: 444

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीकाे मुल्य
शुक्रवार, फागुन १५, २०८२
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२