Aamsanchar

योगेशले भने : ओलीको हारजीत देशको हारजीतसँग जोडिएको छ

Author Image
आइतवार, फागुन १७, २०८२

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले केपी ओलीको विजय–पराजय देशको विजय–पराजयसँग जोडिएको बताएका छन्। आइतबार चुनावी कार्यक्रममा भट्टराईले ओलीको विजय नेपालीको राष्ट्रियता जोगाउने विषय भएको बताए।

‘नेपालीत्वसँग जोडिन्छ र नेपाली राष्ट्रियतासँग जोडिन्छ, नेपाली स्वाभिमानसँग जोडिन्छ’, उनले भने, ‘त्यसकारण केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने, राष्ट्रियतालाई माथि उठाउने विषय हो।’

उनले ओलीको विजय नेपााली हौँ भन्ने पहिचानलाई मााथि उठाउने विषय भएको तर्क गरे। उनले आ–आफ्नो भूमिकामा रहेर काम गर्न नेता–कार्यकार्तालाई निर्देशन दिए।

 

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर