

नुवाकोट – मोटरसाइकल दुर्घटनामा घाइते भएका फुटबल खेलाडी नबराज श्रेष्ठको निधन भएको छ। उपचारका क्रममा ३४ वर्षीय श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बट्टार–विदुर सडकखण्डमा गत बिहीबार राति श्रेष्ठ आफैले चलाएको बा ७४ प ४३५८ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका थिए। त्रिशूली जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि न्युरो अस्पताल काठमाडौं रिफर गरिएको थियो। उपचारका क्रममा शनिबार राती श्रेष्ठको निधन भएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
श्रेष्ठको निधनले खेल क्षेत्रले एउटा प्रतिभावान र मेहनती खेलाडी गुमाएको नुवाकोट खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले बताए।

Views: 232


