Aamsanchar

भारत र वेस्ट इन्डिजबीचकाे खेल आज, हार्ने टाेली विश्वकपबाट वाहिरीने

Author Image
आइतवार, फागुन १७, २०८२

काठमाडौं – पुरुष टी-२० विश्वकपअन्तर्गत आइतबार भारत र वेस्ट इन्डिजबीच हुन गइरहेको सुपर-८ को खेल विश्वकपको सबैभन्दा प्रतीक्षित खेल बन्न पुगेको छ ।

पूर्वविश्व विजेताहरूको यो भिडन्तमा जुन टोली हार्‍यो, त्यसको विश्वकप यात्रा समाप्त हुनेछ । त्यसैले आइतबार साँझ सवा ७ बजे सुरु हुने यो खेल वास्तविक नकआउट खेल बन्न पुगेको छ ।

संयोग के रह्यो भने दुवै टोलीले लिग चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै उपाधिमा दाबी पेस गरेका छन् ।

तर, दुवै टोलीले एउटै प्रतिद्वन्द्वीसँग खराब खेल देखाए । जसको परिणामस्वरूप अहिले दुवै टोली यस्तो चुनौतीपूर्ण अवस्थामा पुगेका हुन् । यी दुवैलाई हराउने टोली दक्षिण अफ्रिका भने शानका साथ सेमिफाइनल पुगिसकेको छ ।

इडेन गार्डेनमा हुने यो खेलमा उच्चस्तरीय रणनीतिक भिडन्त हेर्न पाइने पक्कापक्की छ । यो खेल जित्ने टोलीले मार्च ५ मा मुम्बईमा इंग्ल्यान्डविरुद्ध दोस्रो सेमिफाइनल खेल्ने तय छ ।

Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर