Aamsanchar

उज्यालो नेपाल पार्टीका उमेद्वार बुढाथोकीले एमालेलाई समर्थन गरे

Author Image
आइतवार, फागुन १७, २०८२

विराटनगर – कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उमेदवार बसन्त बुढाथोकीले नेकपा (एमाले) लाई समर्थन गरेका छन् ।

बुढाथोकीले मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा आफूले ढकाललाई सशक्त उमेदवार मानेको बताए । पार्टीभन्दा माथि उठेर ढकाललाई जिताउन लागेको उनले बताए ।

बुढाथोकीले मोरङ–६ को समग्र हित, स्थिरता र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न ढकाललाई समर्थन गरेको बताएका हुन् । सबै एक भएर मोरङ–६ को समृद्धि अगाडि बढाउन ढकाल उपयुक्त उमेदवार भएको उनको भनाइ छ ।

Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर