

झापा- बिहीबार भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन झापामा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। निर्वाचनका लागि नेपाली सेनासहित व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो।

पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा २८५ मतदान स्थलका ८१५ मतदान केन्द्रमा मतदान भएको थियो। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मत खसेको छ। सबै मतपेटिका मतगणना स्थलमा आइसकेपछि रुजु गरेर मात्र पूर्ण र आधिकारिक विवरण प्राप्त हुने उहाँले बताउनुभयो।

अस्थायी सूचना प्रणालीको विवरणअनुसार करिब ६५ प्रतिशत मत खसेको उहाँको भनाइ छ। झापामा ७ लाख १३ हजार ५३७ मतदाता रहेका थिए।
Views: 16


