Aamsanchar

इलाममा मतपेटिका सङ्कलन सुरु, गणना भोली बिहानबाट

Author Image
बिहिवार, फागुन २१, २०८२

इलाम-  मतदान सकिए लगतै इलाममा मतपेटिका सङ्कलन सुरु भएको छ । जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा नजिक केन्द्र भएका मतपेटिका धमाधम आउन थालेको जिल्ला निर्वाचन अधिकारी देबीचरण फुँयालले जानकारी दिनुभयो ।

इलाम क्षेत्र नं। १ मा सूर्योदय नगरपालिकाभित्र र इलाम २ मा इलाम नगरपालिका भित्रको मतपेटिका आउन थालेको निर्वाचन अधिकारी फुँयालले जानकारी दिनुभयो । राती अबेर सम्म मतपेटिका सङ्कलन भैसक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

मतपेटिका राती सङ्कलन भैसकेपछि भोली बिहानबाट गणना सुरु गरिने भएको छ ।

इलाममा दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन् । इलाममा एक सय ५० मतदान केन्द्रका दुई सय ९० मतदान स्थलमा मतदान भएको छ । इलाम क्षेत्र नं. १ मा १३ र २ मा १४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर