भद्रपुर ।
झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलले एकै पटक तीन ठाउमा देखापरेको ढुंगाको सफल उपचार गराएका छन् ।
विरामीमा देखापरेको तीन ठाउको ढुंगाको उपचार दुरविरबाट पद्धतीबाट गराइएको हस्पिटलका सञ्चालक बालकृष्ण पोखरेल (साईराम)ले जानकारी दिनुभयो । पोखरेलका अनुसार एकै पटक तीन ठाउको ढुंगाको उपचार हस्पिटलले पहिलो पटक सफलतापूर्वक गराईएको बताउनु भयो ।
झापा मेचीनगर ८ आयाबारी बस्ने २९ बर्षिय रिता मेचेको ढुंगाको उपचार गराइएको हस्पिटलका कन्र्सलटेण्ट ल्याप्रोस्कोपिक सर्जन डा. शशिकुमार सिहले जानकारी दिनुभयो । विरामी् रीताको दुई वटा किड्नी र पिसाब नलीमा ढुंगा फेला परेको थियो । दुवै किड्नीमा देखापरेको ढुगाको उपचार कमै हस्पिटलले एकै पटक शल्यक्रिया गर्ने गरेको सर्जन डा. सिहले बताउनु भयो ।
उहाको किड्नीमा ७ देखि १० एमएमका मल्टिपल ढुगा रहेको थियो भने, पिसाब नलीमा ९ एमएमको ढुगा देखा परेको थियो । मिनि पिसिएनएल (Percutaneous Mephro Lithotripsy) दुरविन पद्धतिबाट किडनीको ढुगा बाहिर निकालेको र पिसाव नलीको ढुगा फुटाएर बाहिर निकालीएको डा. सिहको भनाई छ । वैदेशिक रोजगारीको शिलसिलामा बाहिर बस्दै आएकी रीता ढुगाको उपचारका लागि विभिन्न हस्पिटलबाट औषधी लिदै आएकी थिइन् ।
औषधीले काम नगरेपछि नेपाल फर्किएकी उनी परिवारको सल्लाहमा ओम साईमा उपचार गराउन आएकी बताइन् । कम खर्चमा चिरफार विना दुरविनबाट सफल उपचार भएकोमा रीताले खुशी समेत व्यक्त गरेकी छिन् । हस्पिटलले ५० लाख रुपैया लागतमा अत्याधुनिक प्रविधियुक्त मेसिन जडान गरेपछि ढुंगाको उपचार गराउने विरामीको चाप पनि बढ्न थालेको हस्पिटलले जनाएको छ ।