
शल्यक्रियामा संलग्न डाक्टर निराजन पराजुली

विर्तामोड,साउन ६ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ५३ वर्षीय गोपाल विष्ट सवारी दुर्घटनामा परेको झण्डै एक महिना भएको छ ।
सुरुङ्गामा रहेको पेट्रोल पम्पबाट तेल हालेर घर फर्कदै गर्दा उनलाई पूर्व– पश्चिम राजमार्ग अन्र्तगत पेट्रोल पम्प दक्षिण राजमार्गमा पश्चिमबाट आएको वसले असार १२ गते ठक्कर दिएको थियो । वसको ठक्करबाट उनको दाहिने खुट्टा चुडिएको थियो ।

सुरुङ्गामा गाई पालन गरेर बसेका उनलाई घर फर्कदै गर्दा वसले ठक्कर दिएपछि मरणासन्न अवस्थामा उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल ल्याइएको थियो । स्थानीय नेत्र चिमरिया लगायतको सहयोगमा भतिजो सागर विष्टले चुडिएको खट्टसहित अस्पताल पु¥याउदा कुरकुच्चमा माथि र घुडा भन्दा तलको भाग छालाले मात्र जेलिएको अबस्थामा थियो उनकी श्रमिती भीममाया विष्टले भनिन्– ‘उहाँको हामीले खुट्टा काट्न अस्पताल ल्याएका थियौं तर खुट्टा जोडियो ।’
छालाले जेलिएको अबस्थामा उपचारका लागि विष्टलाई अस्पताल ल्याइएपनि करिव एक महिनाको अथक प्रयासपछि मात्र खुट्टा जोडिएको उपचारमा सम्लग्न डा. निराजन पराजुलीले बताए । उनको छिनेको खुट्टा जोडिएको छ तर पूर्ण रुपमा निको भइसक्न भने केही समय लाग्छ डा पराजुलीले भने । सुरुङ्गाको नमूना टोल निवासी विष्ट खेतीपाती गर्छन । दुई छोरा वुहारी र श्रीमती भीममायाका साथ बसेका विष्ट दुर्घटनापछि थलिएका छन् । उनको खुट्टाको शल्यक्रिया एक महिनामा पाँच पटक भन्दा बढी भइसकेको छ । खुट्टाको उपचारका क्रममा देव्रे पाताको मासु निकालेर खुट्टामा राखिएको छ । जुन कार्य जटिल हो उपचारमा सम्लग्न चिकित्सक पराजुलीले भने –पूर्वका कुनै अस्पतालमा यस्तो सुविधा छैन, यो काठमाडौं वाहिरको पहिलो उपचार हुनुपर्छ ।’ काठमाडौंको टिचिङ हस्पिटलमा डा किशोर लोहनीले र कृतिपुर अस्पतालमा डा शंकर राईले मात्र यस्तो उपचार गर्नुहुन्छ ।’
‘बिएन्डसी अस्पतालमा भएका उपकरण र दक्ष जनशक्तिका कारण खुट्टा काट्नु पर्ने खुट्टा पनि जोडिएको छ पराजुलीले भने– विष्टको छिनिएको खुट्टाको भागमा मासु लगाउने काम भइरहेको छ । हङङी जोडिने क्रममा छ । केही समयपछि छिनेको हङ्डीपनि जोडिन्छ ।’
शल्यक्रिया पछि विष्टको उपचारका क्रममा ६० प्रतिशत सफलता मिलेको डा. पराजुलीले बताएका छन् । अबको ६ महिनामा बिरामी आफैँ हिँड्नसक्ने अवस्थामा हुन्छन् उनले भने– शल्यक्रियामा संलग्न डा. राजु श्रेष्ठले १० पटक बेहोस पार्दै अपरेशन गर्नु आफैँमा चुनौति पूर्ण कार्य भएको अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । अस्पतालमा यस अघिपनि छिनेको हातको सफल सफल उपचारपछि दुई जना विरामी घर फर्किएको अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंले बताए ।
उनले प्रविधि र जनशक्तिका कारण विएण्डसीमा जटिल शल्यक्रिया पनि गरिने र औषधि उपचारका लागि अब नेपाल र भारतका विभिन्न अस्पतालमा सेवाग्राही धाउनु नपर्ने बताएका छन् ।

शल्यक्रिया यसरी भएको थियो






फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

