

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ। आज सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेसँगै प्रतितोला ५ हजार ४९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।
Views: 106


