Aamsanchar

मनकामना दर्शन गरेर फर्केका सवार ईभी दुर्घटनाग्रस्त (अपडेट)

Author Image
शनिवार, फागुन ३०, २०८२

धादिङ – मनकामना दर्शन गरेर फर्केको माइक्रो बस(ईभी) दुर्घटनाग्रस्त भएको छ ।

शनिबार राति करिब ८ बजे गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा ईभी दुर्घटनामा परेको हो । १४ जना भारतीय यात्रुहरू सवार रहेको बुझिएको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बसमा चढेकामध्ये केहीको दुर्घटनामा मृत्यु भएको बुझिएको घटनास्थलबाट प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनास्थलमा नेपाल प्रहरी पुगी उद्धार कार्यमा खटिएको छ । घाइतेहरूलाई तनहुँको आबुखैरेनी अस्पतालमा राखिएको छ । दुर्घटनाबारे थप अपडेट आउने क्रममा छ ।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर