Aamsanchar

एनआइसीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Author Image
शनिवार, साउन ७, २०७४

बुधबारे।

एनआइसी एशिया बैंक शाखा कार्यालय बुद्धशान्तिले आफ्नो बैंक स्थापनाको २० औं बर्ष पुगेको अवसर पारेर शुक्रबार सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

एनआइसी एशिया बैंक स्थापनाको २० बर्ष पुगेको अवसरमा बुद्धशान्ति शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुद्धआदर्श माविका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको शाखाका शाखा प्रवन्धक घनश्याम घिमिरेले जनाएका छन् ।

सामाजिक उत्तरदायित्व कार्यक्रमलाई महत्वका साथ अघि बढाइरहेको यस बैंकले आगामी दिनहरुमा पनि सामाजिक गतिविधिलाई निरन्तरता दिने शाखा प्रवन्धक घिमिरेले जनाएका छन् ।

एनआइसी एशिया बैंकले गत आर्थिक वर्षमा एक अर्व ४६ करोड नाफा गरेको छ । यस बैंकको देशभर ११९ शाखा रहेका छन् भने बुद्धशान्तिमा यसको शाखा ४ महिना अघिबाट सुरु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर