बिर्तामोड।
सप्तरीका बाढीपीडितलाई इफेक्टिभ गु्रप (प्रभावकारी समूह)ले खाद्यान्न, लत्ताकपडा, औषधि लगायतका सामग्री प्रदान गरेको छ ।
काठमाडौंस्थित पहिलो पाइला संस्थाको सहकार्यमा इफेक्टिभ गु्रपले सप्तरीका बाढीपीडितहरुलाई उक्त सामग्री प्रदान गरेको इफेक्टिभ गु्रपका अध्यक्ष रोशन पहरीले बताए ।
इफेक्टिभ गु्रपले झापाको बुधबारे, इटाभट्टा, धुलाबारी र बिर्तामोडमा आर्थिक संकलन गरी प्राप्त भएको २९ हजार १ सय ५१ रुपैयाँले खाद्यान्न लत्ताकपडा र औषधि खरिद गरी बाढीपीडित क्षेत्रमै गएर उनीहरुलाई राहत हस्तान्तरण गरेको इफेक्टिभ गु्रपका सदस्य सनी दासले बताए ।
बाढीपीडित प्रति परिवारलाई सोलार लाइट, एक बोरा चिउरा, झुल, त्रिपाल, म्याट, बिस्कुट, दालमोठ लगायतका सामग्री प्रदान गरिएको बताइएको छ । सामाजिक तथा मानवीय कार्य गर्ने उद्देश्यले गठित संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको बताइएको छ ।