

काठमाडौं – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ।

पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुङ्गा प्रहार गरी हत्या भएको हो।
सोमबार सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ वर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न धन बहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेका छन्।
फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
Views: 17


