Aamsanchar

स्कुल बसले ठक्कर दिँदा दुई वर्षीय बालकको मृत्यु

Author Image
बिहिवार, चैत ५, २०८२

सर्लाही – सर्लाहीमा स्कुल बसले ठक्कर दिँदा दुई वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बागमती नगरपालिका- २ सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको हो।

बिहीबार बिहान करिब ९ बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना १ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले ठक्कर दिँदा स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बसकाचालक हरिवन नगरपालिका– ११ प्रगति टोल निवासी ५० वर्षीय सूर्यबहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ।

अहिले बालकको शव घटनास्थलमै रहेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

 

Views: 453

प्रतिक्रिया (०)

सम्बन्धित खबर