

झापा – दमकका व्यवसायी रूपनारायण न्यौपाने मृत भेटिएका छन्।

५० वर्षीय न्यौपानेको आज बिहान गौरीगञ्ज गाउँपालिका(१ स्थित कुन्जीबारीमा शव भेटिएको हो। दमकदेखि करिब ३० किलोमिटर दक्षिण कुन्जीबारीमा बुधबार खेती हेर्न भएका उनी मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालयले शवको मुचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको छ। दमकमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा क्रियाशील न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा सक्रिय थिए।

कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष न्यौपानेले दमकमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्थे। उनका श्रीमती र दुई छोरा छन्।
Views: 123


