Aamsanchar

प्रसाईंद्वारा पत्रकार उपचार कोषलाई सहयोग

Author Image
शनिवार, साउन ७, २०७४

बिर्तामोड।

बिर्तामोडका व्यवसायी हरि प्रसाईले पत्रकार सहारा उपचार कोषका लागि ११ हजार रुपैयाँ प्रदान गरेका छन् ।
प्रसाईले पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् ।पत्रकार महासंघ झापाले एक करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हालसम्म २७ लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । कोषमा सहयोग जुटनेक्रम जारी रहेको कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए । सहयोगदाता प्रसाईले बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी समेत घोषणा गरेका छन् ।
बिर्तामोड–५स्थायी बसोबास भई कानून विषयमा स्नातकसम्मको अध्ययन गरेका ४७ वर्षीय हरि प्रसाईं साढे तीन दशकदेखि बिर्तामोडमै उद्योग र व्यवसाय सञ्चालन गरेर सक्रिय छन् । एनके ट्रेडर्स र एचएमएन फुड एण्ड वेभवरेज इण्डस्ट्रीज (तृष्णा प्रशोधित पिउने पानी) का सञ्चालक रहेका प्रसाईं मेची डिलर्स एशोसिएसनमा तीन कार्यकालदेखि सदस्य छन् । बिर्तामोड उद्योग वाणिज्य संघको २०६४ सालदेखि सदस्य तथा विराट–भरत विश्रान्तिको सदस्य रहेका प्रसाईं सामाजिक, धार्मिक र व्यवसायिक क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर