Aamsanchar

भारतमा मृत फेला परेकी यमुनाको घटना रहस्यमय बन्दै

Author Image
शनिवार, साउन ७, २०७४

(पार्थ मण्डल)

भद्रपुर ।

झापाको भद्रपुर नगरपालिका -९ साविक चन्द्रगढी बस्ने ३८ बर्षिय यमुना नेपाल सिमा पारी भारतमा मृत अवस्थामा फेला परेको घटना रहस्यमय बनेको छ ।

जीवन ज्योति प्रावि भद्रपुरमा सहायक कर्मचारीको रुपमा कार्यरत यमुनाको मुत्यु भएको चार दिन बितीसक्दा पनि घटनाको सत्यतथ्य छानविन हुन नसक्दा घटना रहस्यमय बनेको हो । परिवारका सदस्यका अनुसार घटना भएको एक दिनअघि घरबाट चन्द्रगढी बजार जान्छु भनेर हिडेकी यमुना भारतको गलगलिया कसरी पुगिन् भन्ने कौतुल्ता मृतकका परिवारजनमा अझै पनि रहेको स्थानीय बताउछन ।

उनको शवलाई विहिवार भारतीय प्रहरीले किशगञ्जमा लगेर पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइसकेको छ । शवको पोष्टमार्टम रिपोर्ट आएको छैन् । घटनास्थलमा नेपाली नागरिकता, मोबाईल, पानीको बोतल बाहेक केही नभेटिनु, पोष्टमार्टम रिपोर्ट प्राप्त नहुनाले घटनाको अनुसन्धानमा खासै उपल्बधी हुन सकेको छैन् ।

गलगलियाको विहार बसपार्क छेऊको चिया बगानमा यमुना बुधवार मृत अवस्था भेटिनुले भारतीय प्रहरी समेत चकित परेका छन् । मृतको शरिरमा बाह्य कुनै किसिमको चोटपटक पनि देखापरेको छ्रैन । गलगलिया थानाध्यक्ष अरविद कुमारका अनुसार नेपाली महिलाहरु गलगलिया बजारमा किनमेल गर्न आउछन, ‘तर’ विहार बसपार्कको चिया बगानमा यमुना मृत भेटिनु घटना बारेमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले भने, यस बारेमा सिमा रहेको एसएसबीको सिसी क्यामेराको फुटेज पनि हेरेयौ, फुटेजमा यमुना भारत प्रवेश गरेको देखिएन, खुल्ला सिमाका कारण अन्यत्र नाकाबाट भारत प्रवेश गरेको हुन सक्ने बताए ।

सिसि क्यामेराको फुटेन नहुदा यमुना एक्लै भारत आएको हो कि कोहीसंग आएको हो, त्यो पनि भन्ने अवस्था रहेन थानाध्यक्ष कुमारले बताए । अव पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न मिल्ने उनको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले भारतमा यमुना मृत अवस्थामा फेला परेकोले नेपालका प्रहरी घटनाको अनुसन्धानमा हस्तक्षेप गर्न नमिल्ने बताए ।

घटनाक्रमको सम्पूर्ण अनुसन्धान भारतीय प्रहरीले गर्न, नेपालका प्रहरीले सहकार्य मात्र गर्न डिएसपी शर्माले बताए । यमुना कसरी भारतको गलगलिया पुगिन भन्ने बिषयमा नेपालका प्रहरी अनुसन्धान गरिरहेको बताउदै डिएसपी शर्माले भने–परिवारका सदस्यले पनि खासै चासो नदेखाएकोले घटना अनुसन्धान सुस्त बनेको छ । भारतीय प्रहरीले पोष्टमार्टम रिपोर्टको बारेमा जानकारी गराएपछि मात्र केही भन्न मिल्ने उनको भनाई छ ।

यता बुधवार दिउसो भारतीय बल्लव रायको चिया बगानमा काम गर्न गएका मजदुरले यमुनालाई मृत अवस्थामा देखेपछि घटना बाहिर आएको हो । घटनास्थलमा यमुनाको पर्स भित्र नेपाली नागरिकताको आधारमा पहिचान खुलेकाले भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनका पति तोयानाथ नेपाल तथा आफन्तजन गलगलिया गएका थिए ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर