Aamsanchar

निःशुल्क शारीरिक अपाड्डता परीक्षण शिविर

Author Image
आइतवार, साउन ८, २०७४

बिर्तामोड।

झापाको बिर्तामोडमा १८ वर्षमुनीका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ ।
बिकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र काभ्रे, पूर्वाञ्चल क्षेत्रीय पुनस्र्थापना केन्द्र इटहरीको आयोजना तथा कनकाई हस्पिटल बिर्तामोडको स्थानीय व्यवस्थापनमा भएको शिविरमा १ सय ५० भन्दा बढी बिरामीले सेवा लिएका थिए ।
शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाका डा. वीरेन्द्रकुमार चन्द, डा. एम, कनकाई हस्पिटल बिर्तामोडका मेडिकल डाइरेक्टर डा. प्रेमबहादुर शाही, स्पाइन सर्जन डा. सिलवन्त सेन श्रीवास्तव लगायतले बिरामीहरुको जाँच गरेको कनकाई हस्पिटलका अध्यक्ष महेन्द्रबहादुर राईले बताए ।
शिविरमा खुट्टा नभएका बिरामीका लागि बिशेष जुत्ता, हातले समातेर हिंड्न सहयोग गर्ने वकर र बैशाखी वितरण गरिएको थियो भने फिजियो थेरापी, सर्जरी लगायतका सेवा समेत उपलब्ध गराइएको शिविरका झापा संयोजक श्याम पोख्रेलले बताए । सोही प्रकारको शिविर दमकमा पनि सम्पन्न गरिएको बताइएको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर