

काठमाडौं – शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अदातल ल्याउनुअघि लेखकलाई प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो।

जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको छ। पक्राउ पछि ओली टिचिङ अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन्।
म्याद थपका लागि दुवैजनालाई अदालत पेश गर्न लागिएको हो।

Views: 23


